कांग्रेस लमजुङको महासमिति सदस्य निर्वाचन स्थगित

सेयर गर्नुहोस्

लमजुङ, १७ फागुन

नेपाली कांग्रेस लमजुङको महासमिति सदस्य चयनकाे निर्वाचन प्रक्रिया स्थगित भएको छ । महासमिति सदस्य पदका लागि तय भएको निर्वाचन कार्यतालिका अनुसार शनिवार मतदान हुने भनिए पनि निर्वाचन प्रक्रियालाई स्थगित गरी सर्वसम्मतको पहल जारी राखिएको कांग्रेस लमजुङले जनाएको छ ।

कांग्रेसभित्र देखिएको आन्तरिक गुट तथा द्धन्दलाई न्यूनिकरण गर्न र आसन्न निर्वाचनलाई ध्यानमा राखी सर्वसम्मत महासमिति चयनको पहल भईरहेको कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङले बताए ।

निर्वाचन कार्यतालिका अनुसार महासमिति सदस्य पदका लागि अघिल्लो शुक्रबार २१ जनाले उम्मेदारी मनोनयन गरेका थिए । उम्मेदारी मनोनयनअनुसार समावेशीअन्तर्गत दुई जना भने निर्विरोध भइसकेका छन् । कांग्रेसको विधानअनुसार जिल्ला अधिवेशनको क्रममा निर्वाचित महाधिवेशन प्रतिनिधिबाट खुला र समाबेशीतर्फ गरी ११ जना महासमिति सदस्य चयन हुने प्रावधान छ । विधानको प्रवाधानअनुसार जिल्लामा समावेशीतर्फ आदीबासी जनजाति महिला र दलित खुलामा एक एकजना निर्विरोध भएका हुन् । आदिबासी जनजाती महिलातर्फ उम्मेदारी दिएकी राधादेवी श्रेष्ठ र दलिततर्फ उम्मेदारी दिएकी टिकाकुमारी बस्याल निर्विरोध भएका हुन् ।

जिल्ला अधिवेशन सम्पन्न भएको करिब तीन महिनापछि महासमिति सदस्य चयनका निम्ती प्रक्रिया अघि बढेको हो । निर्वाचन समितिले ६ देखि १४ फागुनसम्म निर्वाचन कार्यतालिका तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *