रुसी हमलामा ७० युक्रेनी सेना मारिए

सेयर गर्नुहोस्

एजेन्सी
किभ, १७ फागुन

रुसी सेनाको हमलामा सोमबार कम्तिमा ७० युक्रेनी सेना मारिएको रुसले दाबी गरेको छ । उत्तर पूर्वी ओखत्यारकाको सुमी क्षेत्रमा एउटा सैन्य आधारमा गरिएको तोप आक्रमणमा ७० युक्रेनी सेना मारिएको युक्रेनी अधिकारीले पुष्टि गरेका छन् ।

सुमी क्षेत्रलाई रुसी फौजले अहिले घेरा हालिरहेको छ । सोमबार आपतकालीन मजदूरहरुले भग्नावेशषबाट जीवितको उद्दारको प्रयास गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

मृत्यु भएका सेनाप्रति युक्रेनको संसदले सहानुभूति जनाएको छ । उनीहरु मिसाइल प्रहारमा मारिएको युक्रेन सरकारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *