सुनको भाउ चार सय रुपैयाँले बढेर एक लाख नजिक

सेयर गर्नुहोस्

नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ८० रुपैयाँ  निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *