निर्वाचनमा भागलिने दलहरुको नामावाली फागुन २६ गतेभित्र प्रकाशन गरिने

सेयर गर्नुहोस्

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुने दलहरुको नामावली फागुन २६ गतेभित्र प्रकाशन गर्ने भएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका सम्बन्धमा जाँचबुझ भइरहेको छ र निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्रमा प्रकाशन गरिनेछ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

यस्तै, स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र ती नामावलीहरु हाल अध्ययनको क्रममा रहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *