मोरङ र दाङबाट तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

सेयर गर्नुहोस्

मोरङ र दाङबाट तास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको उर्लाबारी नगरपालिका–७ बस्ने ५६ वर्षीय कृष्ण बहादुर प्रधानको घरमा तास खेलिरहेको अवस्थामा प्रधान समेत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट नगद २ लाख ४२ हजार १८५ रूपैयाँ  र ८  बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, दाङको घोराही उपमहागरपालिका–१८ मसिना बस्ने ३२ वर्षीय बुद्धिराम रोकाको घरमा तास खेलिरहेको अवस्थामा रोका लगायत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८ हजार ६ सय रूपैयाँ  र एकगड्डी तास सहित पक्राउ गरेको हो ।

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *