आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय फिर्ता

सेयर गर्नुहोस्

काठमाडौँ – सरकारले आइतबार पनि सार्वजनिक बिदा दिन निर्णय फिर्ता लिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो ।

यसरी सरकारले बिदा दिने निर्णय गरेपछि धेरैले विरोध जनाउँदै आएका थिए। कतिपय स्थानीय तहले सूचना जारी गर्दै आइतबार पनि प्रशासन तथा विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेका थिए।

आजैमात्र बिदा खारेजीको माग गर्दै सोमबार सर्वोच्चमा रिट परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *