बन्चरेडाँडामा बल प्रयोग गरेर फोहोर बिसर्जन सुरु,

सेयर गर्नुहोस्

।काठमाडौँ– बन्चरेडाँडामा फोहोर फाल्न गएका गाडी रोकिएपछि अन्ततः काठमाडौं महानगरपालिकाले बल प्रयोग गर्ने निर्णय गरेको छ । फोहोर फाल्ने समहति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारीलाई ठाउँ-ठाउँमा रोकेका छन् । स्थानीयको अवरोधकाबीच धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गर्न थालिएको छ ।

‘दिउँसोसम्म प्रहरीले अवरोध हटाउँछ, र फोहोर सोमबारको सहमति अनुसार बिसर्जन हुन्छ,’ ती अधिकारीले भने,’अब प्रहरी लगाएरै भएपनि फोहोर उठाउँछौं ।’

यसअघि मेयर बालेन साहले फोहोर बिसर्जनमा बल प्रयोग नगर्ने बताएका थिए । तर, स्थानीय जनप्रतिनिधिसँग भएको सहमति केही स्थानीयबासीले नमान्ने बताएपछि मेयर साहले प्रहरी परिचालनमा सहमति जनाएको ती अधिकारीले बताए ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।

शहरी विकास मन्त्रालयको पहलमा बसेको बैठकमा भएको सहमतिमा शहरी विकास मन्त्रालयका आयोजना निर्देशक रवीन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *