सूर्या लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

सेयर गर्नुहोस्

काठमाडौं, ११ असोज

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको असोज ९ गते बसेको संचालक समितिको बैठकले तत्काल लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिनेसम्बन्धी प्रारम्भिक सम्झौता पत्र भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा कम्पनीको वित्तिय विवरण अनुसार आ.व. २०७७-०७८ मा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगरी हाल जगेडा कोषमा राख्ने निर्णय भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *