काठमाडौं, १२ असोज
पोर्चुगललाई १-० अन्तरले हराउँदै स्पेन युइएफए नेसन्स लिगको फाइनल चरणमा प्रवेश गरेका छन् । स्पेनको जितमा ८८औं मिनेटमा अल्भारो मोराटाले निर्णायक गोल गरे ।
जितसँगै स्पेन ए ग्रुप २ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा छ । पराजित पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा छ ।