काठमाडौं, ११ असोज
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने भएको छ । आज मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।
निर्वाचनमा भाग लिने राजनीतिक दलहरूदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापकलगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने छ ।