डा. चिनबहादुर पुन टेकु अस्पतालको अध्यक्षमा नियुक्त

सेयर गर्नुहोस्

काठमाडौं, ११ असोज

डा. चिन बहादुर पुन टेकु अस्पतालको अध्यक्षमा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पुनलाई टेकु अस्पतालको अध्यक्षमा नियुक्त  गरेको हो ।

पुन २०५१ सालबाट क्यान्सर अस्पताल भरतपुरमा कार्यरत थिए । यस्तै  २०७१ वैशाखदेखि २०७४ बैशाखसम्म बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक थिए।

यसैगरी मन्त्रिपरिषदको बैठकले डा विदुर वस्तीलाई थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको अध्यक्षमा नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *