बंगलादेशविरुद्धको खेलमा नेपाललाई २ गोलको अग्रता

सेयर गर्नुहोस्

काठमाडौं, ११ असोज

नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा २–० गोलको अग्रता लिएको छ । नेपालका अञ्जन विष्टले दुई गोल गरेका छन् ।

तेज तामाङको प्रहार बंगलादेशका गोलकिपरले वान टचमा समाउन नसकेको बललाई अञ्जनले गोलमा परिणत गरेका हुन् ।

यसअघि खेलको १८औं मिनेटमा गोल गर्दै अञ्जनले नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *