इङल्यान्डविरुद्ध पाकिस्तानको अग्रता

सेयर गर्नुहोस्

काठमाडौं, १३ असोज
पाकिस्तानले बुधबार पाँचौ टी-२० खेलमा इङल्यान्डमाथि ६ रनको जित  निकालेको छ । जितसँगै पाकिस्तानले सात खेलको शृखलामा ३–२ को अग्रता लिएको हो ।

पाकिस्तानले प्रस्तुत गरेको एक सय ४६ रनको लक्ष्य पछ्याएको इङल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३९ रन मात्र  बनाउन सक्यो ।

इङल्यान्डका मोइन अलीले ३१ बलमा दुई चौका र चार छक्का मद्दतमा अविजित ५१ रन जोडे ।  डेविड मलानले ३६ रन जोडे ।

पाकिस्तानका हरिस रौफले दुई तथा जमाल,अहमेद, सडाब खान,मोहम्मद नवाज र मोहम्मद नासिमले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले १९ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४५ रनको योगफल तयार गरेको थियो ।

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ४६ बलमा तीन चौका र तीन छक्का मद्दतमा ६३ रन जोडे । इफ्तिखार अहमेदले १५ रन जोडे ।

इङल्यान्डका मार्क उडले तीन, साम कुरान र डेविड वेल्लीले समान दुई तथा क्रिस ओक्सले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *