मनसुनी वायुको सामान्य प्रभाव, थाहा पाउनुहोस् शनिबारसम्मको मौसम पूर्वानुमान

सेयर गर्नुहोस्

काठमाडौं, १४ असोज
नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ ।

तर, मुलुकका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि कायमै रहेको छ । आज प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने आकलन महाशाखाले गरेको छ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने वर्षा हुनेसक्ने देखिएको छ ।
शनिबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *