डेंगुबाट थप दुई जनाको मृत्यु

सेयर गर्नुहोस्

काठमाडौं, १२ असोज

नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा दुई जनाको डेंगु संक्रमणबाट ज्यान गएको हो । योसँगै नेपालमा डेंगुबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

यस्तै, सोही अवधिमा थप ५४० जनामा संक्रमण पुष्टि भएको छ । सँगै देशभरका २८ हजार १ सय ९ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *