सयपत्री हाइड्रोपावरको सेयर कारोबार सुरु

सेयर गर्नुहोस्

सयपत्री हाइड्रोपावरको सेयर कारोबार सोमबारदेखि सुरु भएको छ । सयपत्रीको पहिलो कारोबार १९४ रुपैयाँ ८० पैसामा खुला भएको हो । अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले सयपत्रीको पहिलो कारोबारका लागि न्यूनतम ६४ रुपैयाँ ९६ पैसादेखि अधिकतम १९४ रुपैयाँ ८८ पैसा ओपनिङ रेन्ज तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट सेयर कारोबार खुला भएको हो ।

सयपत्रीको चुक्ता पुँजीका आधारमा कायम ३० लाख कित्ता सेयर सूचीकृत भएको थियो । यसअघि आइतबार स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच नभएपछि सेयर कारोबार खुला हुन सकेकोे थिए ।  ‘एसपीएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *