देशमा सुशासन कायम गर्न एमालेको सरकार आवश्यक: मैनाली

सेयर गर्नुहोस्

बारा, ३१ असाेज । बारा- १ बाट प्रतिनिधिसभा सदस्यमा एमालेबाट उम्मेदवारी दिएका अच्युत मैनालीले देशमा सुशासन कायम गर्न आगामी ४ मंसिरकाे निर्वाचनबाट एमालेलाई विजयी गराएर उसैकाे नेतृत्वकाे सरकार गठन हुनुपर्ने बताएका छन् ।

निजगढमा आइतवार आयोजित एमाले बारा-१ क्षेत्रीय कमिटीको बैठकमा मैनालीले यस्ताे बताएका हुन् । एमाले पोलिटब्यूरो सदस्य समेत रहेका मैनालीले गठबन्धन सरकारले दलाल पुँजीपति वर्गको हितमा काम गरेको आरोप लगाउँदै चालू आर्थिक वर्षको बजेट समेत उनीहरूकै निर्देशनमा तयार पारेकाे बताए ।

उनले आगामी निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई विजयी तुल्याउन सबै कार्यकर्ता र मतदाता एकजुट भएर अघि बढनुपर्ने पनि बताए ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेलले केही कमीकमजोरीका बाबजुद एमाले देशको सबैभन्दा असल पार्टी रहेको दाबी गरे । उनले जनताले पनि यो कुरा मनन गर्नुपर्ने र आगामी निर्वाचनमा एमाले उम्मेदवारहरुलाई विजयी तुल्याउनु पर्ने बताए ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य त्रिलोकी चौधरी, प्रतिनिधिसभामा समानुपातिकतर्फको उम्मेदवार अन्जु नेपाली र प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार केवल चौधरी लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *