महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

सेयर गर्नुहोस्

काठमाडौं, १ कार्तिक । महालक्ष्मी विकास बैंकले लकर सुविधामा आकर्षक योजना ल्याएको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै बैंकले २८ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएकाे छ । यही क्रममा बैंकले बिशेष महाबचत खाता खोल्ने ग्राहकहरूको लागि लकर सुविधामा आकर्षक छुट योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत कार्तिक र मंसिर महिनामा महावचत खाता खोल्ने ग्राहकले लकर सेवाको वर्षिक शुल्क प्रथम वर्षमा शतप्रतिशत छुट प्राप्त गर्ने छन् ।

बैंककाे दरवारमार्ग, पुतलीसडक, न्यूरोड काठमाडौँ, भैरहवा र न्यूरोड पोखरा शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको छ ।

हाल उपलब्ध लकर संख्या सीमित रहेकाले ग्राहकको खाता खोलिएको र ग्राहकको आवश्यकताअनुसार लकर सेवा प्रदान गर्ने कुरा बैंकले जनाएको छ ।

उक्त योजनाअन्तर्गत खोलिने महा वचत खातामा लकर सुविधामा आकर्षक छुटका साथसाथै वचत खाताहरूमध्ये कै सबैभन्दा उच्चतम (१० प्रतिशत) व्याजदर, निःशुल्क एटिएम कार्ड तथा मोबाइल बैंकङलगायतका अन्य सुविधाहरू रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *