इरानमाथि प्रतिबन्ध लगाइयोसः युक्रेनी विदेशमन्त्री दिमित्रि कुलेबा

सेयर गर्नुहोस्

एजेन्सी

मस्को,  १ कात्तिक

युक्रेनी विदेशमन्त्री दिमित्रि  कुलेबाले इरानमाथि प्रतिबन्ध लगाउन युरोपेली संघसँग आह्वान गरेका छन् । राजधानी किभमा कामिकाजे ड्रोनको झुण्डले आक्रमण गरेको केही घण्टापछि, विदेशमन्त्री कुलेबाले यस्तो आह्वान गरेका हुन् । हमलामा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै ठूलो भौतिक क्षति भएको छ ।  रुसलाई ड्रोन उपलब्ध गराएकोमा इरानमाथि प्रतिबन्ध लगाउन (ईयुु) लाई आह्वान गरेका हुन् ।

‘हवाई आक्रमणको साइरनका कारण बम आश्रयबाट इयुुलाई सम्बोधन गर्ने म सायद पहिलो विदेशमन्त्री हुँ । इयुुसँग थप हवाई रक्षा र बारूद आपूर्तिका लागि अनुरोध गर्छु । रुसलाई ड्रोन उपलब्ध गराएकोमा इरानमाथि प्रतिबन्ध लगाउन ईयूलाई आग्रह गर्छु । रुसमाथि ९औँ प्रतिबन्ध प्याकेज बलियो हुनुपर्छ ’, उनले ट्वीट गरेका छन् ।

युक्रेनको राजधानी किभमा भएको ड्रोन हमलाको पश्चिमा देशहरुले निन्दा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *