महिला फुटबलमा पुलिस फाइनल प्रवेश

सेयर गर्नुहोस्

काठमाडौं, १ कात्तिक

प्रदेश एकलाई ३-० गोलले पराजित गर्दै नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको फाइनलमा पुगेको छ । पुलिसको जितमा रेखा पौडेल, निर्मला विक र  निर्मला उपाध्यायले एक एक गोल गरे ।

मंगलबार स्याङ्जाको वालिङमा भएको खेलको १३औं मिनेटमा रेखाले गरेको गोलसँगै पुलिसले अग्रता लियो । १९औं मिनेटमा निर्मला बिकले गोल गर्दै पुलिसको अग्रता दोब्बर पाइन् । ८०औं मिनेटमा निर्मला उपाध्ययाले तेस्रो गोल गर्दै सहज जित दिलाइन् ।

जितसँगै फाइनलमा पुगेको पुलिसले कम्तिमा रजत पदक पक्का गरेको छ । मंगलबार नै हुने त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीचको सेमिफाइनलको विजेतासँग पुलिसले ३ कात्तिकमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *