जेसिबी दुर्घटनामा बेपत्ता भएका दुई जनाको शव फेला

सेयर गर्नुहोस्

काठमाडौं, २७ मंसिर

कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित कर्णाली नदीमा २४ मंसिरमा फुकोट जलविद्युत आयोजनाको जेसिबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।

बेपत्ता भएकामध्ये सोही गाउँपालिका–१ बस्ने २० वर्षीय उमेश गिरीको शव २६ मंसिर र कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने २३ वर्षीय जेसिबीका चालक मंगल चुडारीको शव २७ मंसिरमा फेला परेकोे हो ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो । उनीहरूसँगै दुर्घटनामा हराइरहेका सोही गाउँपालिकाका १९ वर्षीय रक्तिम सार्कीकोे खोजी भइरहेको छ ।

२४ मंसिरमा सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश ३–०१–००३क ६७७४ नम्बरको जेसिबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो ।  दुर्घटना हुँदा जेसिबीमा रहेका आठ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु, तीन जना घाईते र तीन जना बेपत्ता भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *