फ्रान्स फाइनलमा, मोरक्कोको सपना सकियो

सेयर गर्नुहोस्

काठमाडौं, २९ मंसिर

मोरक्कोको चुनौतीलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स फिफाविश्वकप २०२२ को फाइलनमा प्रवेश गरेको छ । बिहीबार बिहान लुसेल मैदानमा भएको खेलमा जितसँगै उपाधिका लागि फ्रान्सले अर्जेन्टिनाको सामना गर्ने भएको छ ।

बुधबार विहान क्रोएसियालाई ३–० ले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

पहिलो पटक सेमिफाइलनमा पुगेको मोरक्कोको फाइनल पुग्ने लक्ष्य पूरा हुन सकेन । फ्रान्स भने लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको छ ।

फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो । खेलको पाँचौ मिनेटमै थिओ हर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए । ७९ औं मिनेटमा रन्दाल कोलो मुअनीले गोल गर्दै जित सुनश्चित गरे । उनि मैदान प्रवेश गरेको केहि समयमै गोल गर्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *