प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना

सेयर गर्नुहोस्

काठमाडौं, २९ मंसिर
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार पहाडी भूभागमा आंशिक बदली हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *