प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.२५ अंकले उकालो

सेयर गर्नुहोस्

काठमाडौं, २९ मंसिर । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ०.२५ अंकले उकालो लागेको छ । यससँगै सूचक १८९७.३४ विन्दुमा आएको छ । १६ कम्पनीको १२ लाख ६० हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ । कुल २ हजार ५४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ५ को मूल्य घटेको छ र एक कम्पनी स्थिर छ ।

यता, १३ उपसूचकहरूमा ४ कम्पनीमा सामान्य वृद्धि भएको र दुई कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *