सुमन र इशानलाई स्वर्ण

सेयर गर्नुहोस्

 

काठमाडौं, ५ पुस

नेपालका सुमन थापा मगर र इशान सापकोटाले राष्ट्रिय कराते प्रतियोगिता (आईकेओकेएस, कोलकाता ब्रान्चेस) मा स्वर्ण जितेका छन् ।

पुरुष ५५ केजीमुनि सुमन र ३० केजीमुनि इशानले स्वर्ण जितेको इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) का प्रमुख प्रशिक्षक प्रेम लामाले जनाएका छन् ।

भारतको कोलकातामा डिसेम्बर १७ देखि १८ तारिखसम्म भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि शेख रिजवानले रजत तथा ४५ केजीमुनि प्रवेश गुरुङले कांस्य र कातामा सुशान्त सापकोटाले कांस्य जिते ।

टोलीको प्रशिक्षकमा घनश्याम श्रेष्ठ, व्यवस्थापकमा सानुराजा महर्जन, अफिसियलमा कुमार दनुवार, सुप्रिम रेफ्रीमा प्रेम लामा तथा रेफ्रीमा रेवतीप्रसाद सापकोटा र निरकमल थापा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *