आहारारा गोल्डकपमा १० टोली

सेयर गर्नुहोस्

 

काठमाडौं, ५ पुस

आहा  रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औं संस्करण पुस १४ देखि २३ गतेसम्म हुने भएको छ । आयोजक सहारा क्लब पोखराले मंगलबार एक विज्ञप्तिमार्फत प्रतियोगिताको मिति तय गर्दै सहभागी हुने १० टोली पनि सार्वजनिक गरेको हो ।

प्रतियोगितामा  साविको विजेता नेपाल एपीएफ क्लबसहित, त्रिभुवन आर्मी फुटबल क्लब, आयोजक सहारा क्लब पोखरा, नेपाल पुलिस फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, संकटा क्लब र धरान फुटबल क्लब र अमेरिकाको बिवाईएससीले सहभागिता जनाउने छन् ।

आयोजकले पोखरा रंगशालामा हुने प्रतियोगिततको पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ । यस पटकको विजेताले १२ रुपैयाँ लाख पाउने भएको छ । अघिल्लो संस्करणको विजेताले १० लाख रुपैयाँ प्राप्त गरेको थियो ।

उपविजेतालाई ६ लाख रुपैयाँ दिइने भएको छ । अघिल्लो संस्करणको उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गरेको थियो । अघिल्लो संस्करणमा नेपाल एपीएफले मनाङ मर्स्याङ्दीलाई हराउँदै उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *