खुसी छैनन् कोन्टे

सेयर गर्नुहोस्

काठमाडौं, ११ पुस
कतार विश्वकप २०२२ सम्पन्न भएको आठ दिनपछि नै आजबाट इंग्लिस प्रिमियर लिग सुरु हुँदैछ । बक्सिङ डे मा आयोजना हुने प्रिमियर लिगको पहिलो खेलमा टोटनहमले ब्रेन्टफोर्डको सामना गर्दैछ ।

तर, टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टे भने खुसी छैनन् । उनले भनेका छन्,‘ साच्चै म खुसी छैन ।,’ टोटनहमका १२ खेलाडीले कतार विश्वकप खेलेका थिए । अर्जेन्टिनाका रक्षक क्रिस्टियन रोमेरो र फ्रान्सका ह्युगो लोरिसले आइतबार फाइनल खेले । ‘यति चाडो खेल्नु निकै गाह्रो हुनेछ । विश्वकपपछि मात्र एक हप्ता बिदा हुनुहुँदैन थियो,’ कोन्टेले थपे ।

निलम्बरका कारण रोड्रिगो बेन्टचर उपलब्ध हुने छैनन् भने ह्यामस्ट्रिङका कारण ब्राजिल स्ट्राइकर रिचार्लिसन समेत टोटनहमसँग हुने छैनन् । लुकास मौरा भने सम्भवत खेल्नेछन् । तर, पक्का छैन ।

१५ खेल खेलेको टोटनहम २९ अंक सहित चौथो स्थानमा छ । आठ अंक बढि रहेको आर्सनल शीर्षस्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *