सुनको मूल्य दुई सय रुपैयाँले बढ्यो, चाँदीकाे स्थिर

सेयर गर्नुहोस्

 

काठमाडौं, १२ पुस

नेपाली बजारमा मंगलबार  सुनको मूल्य २०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार अज छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन एक लाख रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार पिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *