चेल्सीको सहज जित

सेयर गर्नुहोस्

काठमाडौं, १३ पुस

इंग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राति चेल्सीले एफसी बर्नमाउथलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान स्टाफोर्ड ब्रिजलमा चेल्सीले सहज जितसँगै तीन अंक जोडेको हो । चेल्सीको जितमा काइ हाभार्टज र मासोन माउन्टले समान एक एक गोल गरेका थिए । दुबै गोल पहिलो हाफमा सम्भव भएको हो ।

खेलको १६औं मिनेटमा रहिम स्टर्लिङको पासमा हाभार्टजले पहिलो गोल गरे । २४ औं मिनेटमा माउन्टले दोस्रो गोल गरेका थिए । हाभार्टजले दोस्रोे गोल ४४औं मिनेटमा गरेपनि भिएआरले त्यसलाई मान्यता दिएन ।

जितपछि चेल्सी १५ खेलबाट २४ अंक सहित आठौं स्थानमा उक्लिएको छ । बर्नमाउथ १६ खेलबाट समान अंक सहित १४औं स्थानमा छ ।

मंगलबार राति नै भएको अर्काे खेलमा म्यानचेस्टर युनाइटेडले नटिङ्घम फोरेस्टलाई ३–० ले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *