एजेन्सी बेइजिङ, १४ पुस मध्य चीनको हेनान प्रान्तको झेनझोउ सहरको एउटा पुलमा बुधबार बिहान अत्याधिक हुस्सुका कारण दर्जनौं सवारी साधनहरू ठोकिनुका साथै ठूला कारको थुप्रोमा ठोकिएका छन् । सामाजिक सञ्जालमा तस्बिर र भिडियोहरूमा झोनझोउ हुवांगे पुलमा धेरै कारहरू र ट्रकहरू एकै ठाउँमा थुप्रिएको देख्न सकिन्छ । चिनियाँ समाचार संस्था सीसीटीभीकाका अनुसार दुर्घटनामा धेरै मानिस घाइते भएका छन भने पुलमा अग्नि नियन्त्रकहरु प्रिचालन गरिएको छ । दुर्घटनामा मृत्यु भएको विवरण भने सार्वजनिक भएको छैन् ।  घटनास्थलमा रहेका उद्धारकर्ताहरूको प्रारम्भिक अनुमानमा २०० भन्दा बढी सवारी साधन थिए र घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको स्थानीय टेलिभिजनले जनाएको छ । स्थानीय मौसम विज्ञान सेवाका अनुसार झेंग्झाउ लगायतका धेरै क्षेत्रमा भिजिबिलिटी ५०० मिटर र केही क्षेत्रमा २०० मिटरभन्दा कम थियो  

सेयर गर्नुहोस्

भक्तपुर, १४ पुस
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सचिव एवं सांसद प्रेम सुवालले आफ्नो दल प्रतिपक्षमै रहने बताएका छन् ।

सेवा निवृत्त शिक्षक समाजले भक्तपुरमा गरेको शुभकामना कार्यक्रममा उनले पार्टी सरकारमा सामेल नहुने स्पष्ट पारेका हुन् ।  नेमकिपाबाट संघीय संसदमा सुवाल एक्लै छन् । बागमती प्रदेशमा तीन सांसद छन् ।

संघ र बागमती प्रदेश दुबैमा नेमकिपा प्रखर प्रतिपक्षमै रहने सुवालले जनाए ।

निर्वाचनमा जनतासँंग सरकारमा नगई प्रतिपक्षमा बस्ने प्रतिवद्धताका साथ घोषणापत्र जारी गरी मत मागेको हुनाले आफूहरुले ठूला दलले जस्तै जनतालाई धोका दिन नसक्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *