यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सेयर गर्नुहोस्

काठमाडौं, १५ पुस
देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईमा हुस्सु लागेको छ भने काठमाडौंको आकाश पनि धुम्म छ ।

दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *