काठमाडौं, १४ पुस
बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको ‘हत्या’मा संलग्नलाई कारबाहीको माग गर्दै महिला अधिकारकर्मी रुबि खानसहितका आन्दोलनकरीहरूले माइतीघरमा रिले अनशन थालेका छन् ।
आन्दोलनका लागि उनीहरू बाँकेबाट आज बिहानमात्र काठमाडौं आइपुगेका हुन् ।