विश्व इतिहासमा आजः गणतन्त्र चीन स्थापनादेखि युरोपेली देशमा साझा मुद्रा युरो

सेयर गर्नुहोस्

आज १ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

युरोपेली देशमा साझा मुद्रा युरो
सन् १९९९ मा युरोपका ११ देशमा साझा मुद्रा युरो प्रचलनमा आएको थियो । सुरुवाती दिनमा बैंक ट्रान्फरमा युरोले बैधता पाए पनि सन् २००२ को १ जनवरीदेखि नोट तथा सिक्का प्रयोगमा आएका थिए । युरोपेली देशमा साझा मुद्राको प्रयोगसँग ती देशमा व्यापार कारोबार सहज भएको छ ।

चेकोस्लाभिया विघटन
सन् १९९३ मा चेकोस्लाभिया विघटन भएको थियो । शान्तिपूर्ण ढंगले चेकोस्लाभिया विभाजित भएपछि चेक रिपब्लिक र स्लोभाक गणतन्त्र स्थापना भएका थिए ।

रसिया महासंघको स्थापना
सन् १९९२ मा कम्युनिस्ट मुलुक रसिया महासंघको स्थापना भएको थियो । सोभियत युनियनको विघटनपछि आजकै दिन अर्थात १ जनवरीमा रसिया महासंघ स्थापना भएको थियो ।

युरोपेली आर्थिक समुदाय स्थापना
सन् १९५८ मा युरोपेली आर्थिक समुदाय (इइसी) स्थापना भएको थियो । इइसी अहिलेको युरोपेली युनियनको अग्रज हो ।

गणतन्त्र चीन स्थापना
सन् १९१२ मा गणतन्त्र चीन स्थापना भएको थियो । सन् १९४९ मा नाम फेरेर जनगणतन्त्र चीन राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *