आजको पात्रो : १८ पुस २०७९, सोमबार । तद्नुसा जनवरी महिनाको २ तारिक २०२३ । पौषशुक्लपक्ष एकादशी तिथि, बणिज करण, भरणी नक्षत्र, सिद्ध योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज विहान सूर्योदय ०६ः५५ मा र सूर्यास्त ५ः२१ मा हुनेछ । आज विहान ८ः१४ देखि ९ः३२ सम्मको समय राहुकाल रहेको छ । यो समयमा कुनै पनि शुभकार्य नगर्नु होला । आजको देवता कार्तिकेय, ग्रहदेव केतु रहेको छ । आजको दिन भवन निर्माण गर्न, व्यापार ब्यबसाय गनए, बाहन तथा कपडा खरिद गर्नका लागि शुभ मानिन्छ । सोमबारको दिन शिवालय यात्रा शुभ हुनेछ । आजको दिन कुनै चलायमान बस्तुको ब्यापार र सुन चाँदीको खरिद विक्री समेत उत्तम मानिन्छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
आजको दिन अर्थलाभको योग रहेको छ । व्यापार ब्यबसायबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । यात्रा गर्दा सूर्योदयको दर्शन र पूर्व तर्फको यात्रा गर्नुहोला । स्वास्थ्यमा केही समस्या हुनसक्छ ध्यान दिनु होला । सकारात्मक सोच राखेर काम गर्नुपर्ने छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आज तपाईले विगतमा गरेको कामबाट अर्थलाभ हुनेछ । त्यसो त मनमा निरासा छाउने छ आज । पारिवारिक समस्याका कारण आय भन्दा ब्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्नुपर्ला । आजको दिन मौन रहनु तपाईहरुको लागि शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानी मात्र हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
आजको समय र दिन अनुकुल रहेको छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुखप्राप्त हुनेछ । व्यापार ब्यबसायमा तपाईले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्ने छ । विहान सूर्योदयको दर्शन गर्दा राम्रो हुनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन तपाईको मनमा निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउनेछ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन विहान शिलालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुनसक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग सामान्य विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धिका काम हुनेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
तपाईलाई अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आकस्मिक धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आज कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुनसक्छ त्यसैले होस गर्नुहोला । आजको दिन विवाद हुने काम नगर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । धैर्य र मन शान्त हुने काम गर्नु वेश हुनेछ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । आजको दिन तपाईले सिर्जनात्मक काममा ध्यान दिनुहोला ।