बालविवाह अन्त्यका लागि रणनीतिक योजना बन्दै

सेयर गर्नुहोस्

हेमन्त केसी
सुर्खेत, १९ पुस
मुगुमा बालविवाह अन्त्यका लागि पहल सुरु भएको छ । छायानाथ रारा नगरपालिकाले बालविवाह अन्त्यका लागि रणनीति योजना बनाउन लागेको छ । मेयर विष्णुकुमार भामले १४ वडामध्ये ४, ५, ६, ३, १०, ११, १३, १४ मा बालविवाह बढी भएको पाइएको बताए । सबै वडामा नगरपालिकाले बालविवाह अन्त्यका लागि योजना बनाइ कार्यक्रम लागू गर्ने उनले जनाए ।

बालविवाह न्यूनिकरण गर्दै पुरै नगरमा अन्त्यसम्म गर्नका लागि रणनीतिक योजना बनान मस्यौदा समिति बनाउन लागिएको छ । योजनामा कार्यक्रम, लागत, लक्ष्य, उपलब्धी, स्रोतको सुनिश्चता, जिम्मेवार निकाय, जिम्मेवार व्यक्ति, सूचकहरु समेटन लागिएको छ  । सोही रणनीतिक योजनाले प्रस्ताव गरेको बजेट सुनिश्चिताको लागि काम भइरहेको छ ।  हिउँदे अधिवेशनमा बालविवाह अन्त्यका लागि रणनीतिक योजना बनाउने निर्णय पारित गराउने पनि नगरप्रमुख भामले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *