ग्लोसी पेन्टको ‘ड्यामफ्रुप’ बजारमा

सेयर गर्नुहोस्

 

भैरहवा, १८ पुस

‘ग्लोसी पेन्ट प्रयोग गरी घरको सौन्दर्यता बढाऔ’ भन्ने नाराका साथ बजारीकरणमा लागेको ग्लोसी पेन्ट्स प्रालिले चिसोपनबाट बचाउन वातावरणमैत्री ग्लोसी ड्यामशिल्ड पेन्ट बजारमा ल्याएको छ ।

विगत १० वर्ष देखि पेन्ट व्यवसायमा लागेको युवा सन्तोस चौधरीले रुपन्देहीको आमेसतिया–२, पडसरीमा उद्योग स्थापना गरी पेन्टका सबै सिरीजसँगै उत्पादन गर्दै आएका छन् । उपभोक्ताको माग अनुसार अत्याधुनिक प्रविधिबाट वर्षौ टिक्ने पेन्टको रुपमा ड्यामशिल्ड बजारमा ल्याएको हो ।

आइतबार ग्लोसी पेन्ट्सका विक्रेतासँग छलफल कार्यक्रममा उक्त नयाँ ब्राण्डको पेन्ट्स सार्वजनिक गरिएको हो । कम्पनीले सो अवसरमा विशेष योजना सहित उपभोक्ता र विक्रेताहरुलाई ग्लोसी पेन्टले ७ वर्षको ग्यारेन्टी दिएपनि वर्षौ टिक्नेमा विश्वस्त हुन आग्रह गरे । पेन्ट्स उत्पादनमा कुनै पनि सम्झौता गरिएको छैन । बजारको माग अनुसार नै गुणस्तरीय कच्चा पदार्थ बाट विदेशी पेन्ट्स सरहकै उत्पादन रुपन्देहीबाट गरिरहेको उद्योगका प्रमुख कार्यकारी निर्देशक चौधरीले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *