सितलहर बढेपछी महोत्तरीका ७ पालिकाका विद्यालय बन्द

सेयर गर्नुहोस्

विशाल बस्नेत

महोत्तरी, १८ पुस

बाक्लो हुस्सु र सितलहर वढेपछी महोत्तरीमा सामुदायिक विध्यालय धमाधम बन्द हुन थालेका छन् ।

अत्याधिक जाडो वढेपछी जिल्लाको दक्षिणवर्ती क्षेत्रका  स्थानिय तहले धमाधम बिदा दिन थालेका हुन् ।

अहिलेसम्म जिल्लामा ७  पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ ।

बन्द गर्नेहरुमा औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेस्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका  गरि ७ पालिकाहरुमा बिदा दिइएको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ ।

सोमबारदेखि बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै अन्य पालिकाहरुले पनि बिदाको तयारी गरेका छन् ।

जिल्लाको मट्टिहानी नगरपालिकाले भने २० गतेवाट बिदा दिने त्याहाको शिक्षा साखाले जानकारी दियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *