काठमाडौं, १८ पुस
प्रतिनिधि सभा सदस्य विजुला रायमाझीले समृद्ध सँगसँगै सभ्य अर्घाखाँची बनाउनेतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेकी छन् ।
नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिकतर्फबाट उम्मेदवार निर्वाचित रायमाझीले समृद्ध र सभ्य जिल्ला बनाउनकाे लागि सवैकाे साथकाे अपेक्षा गरिन् ।
जनताकाे मत लिनकाे लागि पार्टीकाे रुपमा मैदानमा गएपनि निर्वाचित भईसकेपछि एकमना एकताका साथ जिल्लाकाे विकास र समृद्धिमा ध्यान दिनुपर्ने रायमाझीकाे भनाई छ ।
गरिखाने वर्गकाे हित हुनेगरी सवै अगाडि बढ्नुपर्नेमा नवनिर्वाचित साँसद विजुला रायमाझीले बताइन् ।
आफूमा ब्यक्तिगत महच्वाकाँक्षा नभएकाे बताउँदै भाइचारा सम्वन्धका साथ अगाडी बढ्नका लागि रायमाझीले सवैकाे साथकाे अपेक्षा गरिन् ।