त्रिवेणी कप : बागमती र सेन्ट्रल कलेज रोड्स फाइनलमा भिड्ने

सेयर गर्नुहोस्

लमजुङ, १९ पुस

लमजुङको  सदरमुकाम बेसीसहरमा जारी ३०औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनलमा बागमती युवा क्लब सर्लाही र सेन्ट्रल कलेज रोड्स रामपुर भिड्ने भएका छन्  ।

सोमबार भएको पहिलो सेमिफाइनलमा बागमतीले सामना एफसीलाई २-० गोल अन्तरले हराएर फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।

सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् । प्रतियोगितामा देशभरका १४ टिमले सहभागिता जनाएको त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङले बताए । प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *