देउवाले विश्वास पात्र रमेश लेखकलाई बनाए प्रमुख सचेतक

सेयर गर्नुहोस्

काठमाडौं, १९ पुस

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले रमेश लेखकलाई प्रमुख सचेतक मनोनीत गरेका छन् ।

देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई मंगलबार प्रमुख सचेतक मनोनीत गरेका हुन् । देउवाका विश्वास पात्र लेखक कञ्चनपुर ३ बाट निर्वाचित भएका हुन् । अझै दलको उपनेता र सचेतक मनोनीत गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *