भारतीय विदेशमन्त्रीको आरोपः एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास भयो

सेयर गर्नुहोस्

एजेन्सी

नयाँ दिल्ली, २० पुस
भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले दुई देशलाई छुट्ट्याउने रेखा एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास गरेको आरोप लगाउदै बेइजिङको आलोचन गरेका छन् ।अस्ट्रेलियाको जेडआईबी२ पोडकास्टलाई अन्तवार्ता दिँदै उनले भने, ‘हामीसँग एलएसीलाई एकतर्फी ढगले परिवर्तन नगर्ने सम्झौता थियो,  जसलाई उनीहरूले एकतर्फी रुपमा उल्लंघन गर्न खोजेका छन् । तसर्थ, मलाई लाग्छ त्यहाँ हामीसँग एउटा मुद्दा , धारणा छ जुन सिधै हाम्रा अनुभवबाट प्राप्त हुन्छ ’, उनले भने ।

एलएसीको  पश्चिममा रहेको गलवान उपत्यका र प्याङ्गोङ ताल  हालैका वर्षहरूमा हिंसाको केन्द्र बनेका छन् । पूर्वमा तवाङ भारत–चीनबीचको पछिल्लो झडपको स्थल बनेको थियो ।

‘मलाई लाग्छ कि हाम्रा अनुभवहरूमा आधारित ठूलो चासो छ । चासोको विषय यो हो कि हामीले हाम्रो सीमा क्षेत्रमा सेनाहरू जम्मा नगर्ने चीनसँग सम्झौता गरेका थियौं, र उनीहरूले ती सम्झौताहरू पालना गरेनन्, त्यसैले हामी अहिले तनावपूर्ण स्थितिमा छौं ‘, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *