एकीकृत समाजवादीका सांसदलाई युवा संघले सम्मान गर्ने

सेयर गर्नुहोस्

काठमाडौं, २० पुस

एकीकृत समाजवादीबाट निर्वाचित भएका सांसदहरूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्ने भएका छन् । बुधबार ललितपुरको हिमालय होटलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सम्मान गर्न लागेका हुन् ।

कार्यक्रमको आयोजना एकीकृत समाजवादी निकट युवा संघले गर्न लागेको हो । एकीकृत समाजवादीबाट १० जना सांसद निर्वाचित भएका छन् । सो पार्टीको स्थायी कमिटी र पोलिटब्युरो बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गरिसकेको छैन । आजको कार्यक्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजानेबारे महत्वपूर्ण जानकारी गराउने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *