८९ जना रुसी सेना मारिनुमा फोबाइल फोनको गैरकानुनी प्रयोग

सेयर गर्नुहोस्

एजेन्सी
मस्को, २० पुस
रुसी रक्षा मन्त्रालयले बुधबार घातक युक्रेनी मिसाइल आक्रमणको लागि मोबाइल फोनको गैरकानूनी प्रयोगलाई दोष लगाएको छ । युक्रेनी पक्षबाट भएको उक्त हमलामा ८९ रुसी सेनाको ज्यान गएको थियो ।

मस्कोले यसअघि सप्ताहन्तमा भएको आक्रमणमा ६३ रुसी सैनिक मारिएको बताएको थियो । मन्त्रालयको प्रतिक्रिया केही रूसी टिप्पणीकारबीच बढ्दो आक्रोशको बीचमा आयो । यद्यपि आधिकारिक अनुसन्धान सुरु गरिएको छ, तर आक्रमणको मुख्य कारण स्पष्ट रूपमा सेवाकर्मीहरूले मोबाइल फोनको अवैध सामूहिक प्रयोग रहेको मन्त्रालयले जनाएको छ ।

केही रुसी अधिकारीहरु र युक्रेन हमलाको विरोध गर्ने रुसीले उक्त हमलामा मृत्यु हुनेको संख्या १०० पुगेको हुन  सक्ने बताएका छन् ।
उक्त हमला पुटिनका सेनाका लागि अर्को झड्का थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *