क्यानडाले सन् २०२२ मा ४ लाख ३७ हजार विदेशीलाई स्थायी बसोबास दियो

सेयर गर्नुहोस्

एजेन्सी
ओटाबा,  २० पुस
क्यानाडाले गत वर्ष ४ लाख ३७ हजारभन्दा बढी विदेशीहरूलाई स्थायी बसोबास दिएर अध्यागमन रेकर्ड स्थापित गरेको सरकारले जनाएको छ । क्यानडाले कडा श्रम बजारसँग लड्न अध्यागमनलाई बढावा दिइरहेको छ ।

सरकारले सन् २०२२ मा ४ लाख ३१ हजार ६४५ नयाँ स्थायी बासिन्दाहरूलाई स्वागत गर्ने लक्ष्य राखेको थियो र अध्यागमन मन्त्रालयले क्यानाडाको इतिहासमा मानिसहरूको सबैभन्दा ठूलो वार्षिक प्रवेश गर्ने लक्ष्यमा पुगेको बताएको छ ।

गत वर्षको संख्या सन् २०२१ भन्दा लगभग ९ प्रतिशत बढी छ जतिबेला क्यानाडाले सन् १९१३ मा तय गरेको अघिल्लो रेकर्डलाई पार गरेको थियो  र क्यानाडाले सन् २०२५ सम्म १ दशमलब ४५ मिलियन नयाँ स्थायी बासिन्दाहरू भित्रयाउन खोजेको छ ।

क्यानाडाले तीव्र श्रम बजार अभावलाई सम्बोधन गर्नमा ध्यान केन्द्रित गरेकोले अध्यागमन समाधानको मुख्य भाग भएको मन्त्रालयले प्रष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *