युभेन्ट्स दोस्रो स्थानमा उक्लियो

सेयर गर्नुहोस्

काठमाडौं, २४ पुस
युभेन्टसले आफ्नो उत्कृष्ट लय कायम राख्दा इटालियन सिरी ए को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति युडिनेसलाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो ।

खेलको ८६आंै मिनेटमा डानिलोले विजयीगोल गरेका थिए । जितसँगै  युभेन्ट्स १७ खेलबाट ३७ अंक सहित दोस्रो स्थानमा उक्लिएको हो ।

यसैगरी इन्टर मिलान लगातार चौथो जित निकाल्न असफल भएको छ । पछिल्लो खेलमा शीर्ष स्थानको नेपोलीलाई १–० ले निराश पारेको इन्टर शनिबार भने मोन्जासँग २–२ को बराबरीमा रोकियो ।

इन्टर १७ खेलमा ३४ अंकसहित चौथो स्थानमा छ । शीर्ष स्थानको नेपोलीको १६ खेलमा ४१ अंक छ । तेस्रो स्थानको एसी मिलानको १६ खेलमा ३६ अंक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *