मुलुकको समृद्धिका लागि कर्मचारी र राजनीतिज्ञबीच समन्वय आवश्यक : भट्ट

सेयर गर्नुहोस्

 

काठमाडौं, २३ पुस

सेती प्रादेशीक अस्पतालका सदस्य डिल्लीराज भट्टले नेताहरू र कर्मचारीबीचको कुसल समन्वयलेमात्रै मुलुकले समृद्धि हासिल गर्ने धारणा राखेका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला कार्यसमिति डडेलधुराको पाँचौं अधिवेशनको सफलताको शुभकामना दिँदै विशिष्ट अतिथि रहेका भट्टले मुलुकमा नीति, योजना र संघीयताको सफल कार्यान्वयनमा राष्ट्रसेवक कर्मचारीको महत्त्वपूर्ण भूमिका रहने बताए ।

‘राजनीति र कर्मचारीबीच नङ मासुको जस्तो सम्बन्ध हुनुपर्छ। राजनीति गर्ने व्यक्तिहरूले नीति तथा कार्यक्रम बनाउँदा त्यसको सफल कार्यान्वयन गर्ने भनेको स्थायी सरकारका रूपमा रहेका कर्मचारीले नै हो। त्यसैले नीति, योजना र संघीयताको सफल कार्यान्वयनमा कर्मचारीको उच्च भूमिका हुन्छ,’ भट्टले भने। यसका साथै कर्मचारीले नेताहरू र नेताहरूले कर्मचारीलाई सहयोग गर्नुपर्ने बताए ।

पछिल्लो समय नेपाली राजनीतिमा युवा उपस्थिति राम्रो रहेको बताउँदै उनले त्यो सकारात्मक कुरा भएको बताए । ‘अहिलेका युवा प्रविधिमैत्री छन्। खुला स्वभावका छन्। उनीहरूलाई कर्मचारीले पनि सहयोग गर्नुपर्छ,’ उनले भने ।

सरकारले कर्मचारीहरूको मनोभाव बुझेर उनीहरूलाई प्रेरित हुने खालका कार्यक्रम ल्याउनुपर्ने धारणासमेत उनले राखेका छन् । उनले सेती प्रादेशीक अस्पतालमा सदस्यका हैसियतले आफूले काम गर्दा कर्मचारीसँगको समन्वयका काम गर्दा प्रभावकारी हुनेगरेको पाएको अनुभव सुनाए ।

संगठनका केन्द्रीय कोषाध्यक्ष एवम् प्रदेश इन्चार्ज बलदेव कापडीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डडेलधुरा अध्यक्षा महावीर साकीर, सल्लाहकार देवराज जोशीले पनि आफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *