नेपाल इको प्यानल भक्तपुरकै ब्राण्ड बन्दै

सेयर गर्नुहोस्

 

भक्तपुर, २३ पुस

भक्तपुरबाट बाहिर जाने सामान मध्ये इको प्यानल रहेको छ । सन् २०१४ मा इन्जिनियर कृष्णभक्त दुवालले सुरु गरेको इको प्यानल आज देशैभरि पुगेको छ ।

स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँ निर्माण सामाग्री नै इको प्यानल हो । हलुका, भूकम्पप्रतिरोधीलगायतका कारण पछिल्ला वर्षमा यसको लोकप्रियता निरन्तर बढ्दो छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल वातावरणमैत्री अनि ऊर्जा किफायती भएको कारण पनि जनताले इको प्यानललाई मन पराएको सुनाउँछन् ।

‘नेपालमा मात्रै होइन, अहिले संसारभर नै वातावरण प्रदूषण ठूलो समस्यको रूपमा आइरहेको छ,’ उनले भने, ‘त्यही कारण मानिसले वातावण विनाश नपुर्‍याउने निर्माण सामाग्री मन पराइरहेका छन् । इको प्यानल ऊर्जा किफायती पनि छ । यसको उत्पादनमा ऊर्जाको बचत हुन्छ । अन्य अनेक विशेषताका साथै वातावरणमैत्री र ऊर्जा किफायती भएकै कारण पनि धेरै जनताले यसलाई रुचाइएको उनको दाबी हो ।’

नेपाल इको प्यानलको कर्पोरेट अफिस भक्तपुरको सल्लाघारीमा रहेको छ । भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीस्थित डा. इवामुरा अस्पताल सल्लाघारीको अपोजिट दिशामा यसको कर्पोरेट कार्यालय रहेको छ । यसको कारखाना पनि जिल्लाकै चाँगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *