सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो

सेयर गर्नुहोस्

काठमाडौं, २७ पुस । सुनको मूल्यमा एकैदिन आइतबार एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३००  रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ८००  रुपैयाँ निर्धारण भएको छ । शुक्रबार, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।

आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर बढेको छ । चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *