पोखराबाट ३ किलो चरेशसहित १ जना पक्राउ

सेयर गर्नुहोस्

पोखरा, २६ पुस
पोखराबाट ३ किलो चरेश सहित १ जना पक्राउ परेका छन् । कास्की प्रहरीले पृथ्वीचोकबाट चरेश सहित ३५ वर्षका विरेन शाहीलाई पक्राउ गरेको हो ।
प्रहरीले शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट चरेश बरामद गरेको हो । उनले बोकेको झोलाबाट ३ किलो ३ सय ग्राम चरेस र एक थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध लागुऔषध सम्बन्धि मुद्धामा अदालतबाट सात दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *