टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सेयर गर्नुहोस्

१ मंसिर, काठमाडौं । नेपाल सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरूद्ध कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दर्ता गर्न पेस गरेका छन् । सरकारको निर्णयविरूद्ध सर्वोच्चमा ५ वटा रिट दर्ताका पेस भएका छन् । टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पेस भएका हुन् । सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरू अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बन्धमा निर्णय हुनेछ । टिकटक प्रतिबन्ध गर्ने सरकारी निर्णय बदर गरीपाउँ भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि सर्वोच्च अदालतमा दर्ताका लागि रिट पेस गरेका छन् । सरकारले सामाजिक सञ्जाल ‘टिकटक’का कारण सामाजिक सद्‌भाव बिथोलिने गतिविधि बढिरहेको निष्कर्ष निकाल्दै गत सोमबार नेपालभित्र ‘टिकटक’ बन्द गर्ने निर्णयविरुद्ध ५ रिट परेका हुन् । २७ कात्तिकको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकबाट पारिवारिक सम्बन्ध र सामाजिक सद्‍भाव बिगार्ने काम भएकाले त्यसलाई बन्द गर्ने निर्णय सरकारले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *